दफा
आदेश जारी गर्ने अधिकार

३.१ नेपाल को सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा सार्वजनिक शान्ति र व्यवस्थामा तत्काल खलल पर्न सक्ने कुनै काम कुरा गर्नबाट कुनै व्यक्तिलाई रोक्नु पर्ने उचित र पर्याप्त आधार भएमा स्थानीय अधिकारीले निजलाई कुनै खास अवधिसम्म कुनै खास ठाउँमा नजरबन्द राख्ने आदेश जारी गर्न सक्नेछ ।

३.२ सर्वसाधारण जनताको हित वा विभिन्न जात, जाति वा सम्प्रदायहरु बीचको सुसम्बन्धमा खलल पर्न सक्ने कुनै काम कुरा गर्नबाट कुनै व्यक्तिलाई रोक्नु पर्ने उचित र पर्याप्त आधार भएमा स्थानीय अधिकारीले त्यस्तो व्यक्तिलाई स्थानहद गर्नको लागि निजको नाममा देहाय बमोजिम कुनै आदेश जारी गर्न सक्नेछ –
३.२.१ नेपालको कुनै ठाउँमा नबस्नु भनी,
३.२.२ नेपालको कुनै ठाउँमा प्रवेश नगर्नु भनी,
३.२.३ नेपालको कुनै ठाउँमा मात्र बस्नु भनी ।

३.३ कुनै व्यक्तिलाई नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसंगको सुसम्बन्ध वा विभिन्न वर्ग वा क्षेत्रका जनताको बीचको सुसम्बन्धमा प्रतिकूल असर पर्न सक्ने कुनै काम कुरा गर्नबाट रोक्नको लागि नेपाल सरकार, गृह मन्त्रालयले त्यस्ता व्यक्तिलाई नेपाल सरकारको स्वीकृति बिना नेपालबाहिर जान नपाउने गरी आदेश जारी गर्न सक्नेछ ।